PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शर्मिला र रश्मीको ह्याट्रिकमा आर्मीको फराकिलो जित

शर्मिला र रश्मीको ह्याट्रिकमा आर्मीको फराकिलो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो अन्तरको जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले १०-० गोल अन्तरको फराकिलो जित निकालेको हो।

आर्मीको जितमा शर्मिला थापा र रश्मी घिसिङले ह्याट्रिक पूरा गर्दै ४/४ गोल गरे। त्यस्तै, बिमला चौधरी र सपना लामाले समान १/१ गोल गर्दा आर्मीले फराकिलो जित निकालेको हो।

आर्मीले खेलको तेस्रो मिनेटमै चौधरीको गोलमा अग्रता बनाएको थियो। त्यस्तै थापाले १५ र ३५ औं मिनेटमा गोल गरिन्। त्यस्तै ४४ औं मिनेटमा लामाले गोल गर्दा पहिलो हाफमा आर्मी चार गोलले अघि रह्यो।

दोस्रो हाफमा थापाले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन्। उनले खेलको ५१ औं मिनेटमा गोल गरेकी थिइन्। त्यस्तै उनले ६४ औं मिनेटमा पनि गोल थपिन्। त्यस्तै, घिसिङले ५९, ६२ र ६६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै, चौथो गोल ४४ औं मिनेटमा गरेकी थिइन्।

जितसँगै आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell