PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिला लिग: एपीएफलाई वालिङको चुनौती



पहिलोपोस्ट

महिला लिग: एपीएफलाई वालिङको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ।

त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा छ भने क्यामुरुनी खेलाडी भित्र्याएको वालिङले पनि पछिल्लो समय लय सम्हालेको छ। खेल साढे २ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell