PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रधानमन्त्री कप फाइनल: आर्मी टस हारेर ब्याटिङमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप फाइनल: आर्मी टस हारेर ब्याटिङमा
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत फाइनल खेलमा आर्मी टस हारेर ब्याटिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेको हो।

दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई हराएको थियो। एपीएफले नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

यस्तो छ प्लेइङ ११

एपीएफ:

शरद भेषवाकर (कप्तान), शंकर राना, सुन्दिप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, किशोर महतो, भुवन कार्की, आशिफ शेख, अमरसिंह रौटेला, सुवास खकुरेल, अभिनास बोहोरा

आर्मी:

बिनोद भण्डारी(कप्तान), बिक्रम सोब, भीम सार्की, राजेश पुलामी, हरि चौहान, रोहित कुमार पौडेल, शुसन भारी, अनिलकुमार मण्डल, जितेन्द्र मुखिया, शहाब आलम, लोकेश बम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell