PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कुहिरोमा ४२ घनफिट काठ तस्करी, गस्ती टोली देख्नसाथ चालक फरार



राधेश्याम पटेल

कुहिरोमा ४२ घनफिट काठ तस्करी, गस्ती टोली देख्नसाथ चालक फरार

वीरगंज : शीतलहर र कुहिरो बढेपछि पर्साको सरकारी वन क्षेत्रबाट ठुलो मात्रामा काठ तस्करी गिरोह सक्रिय भएका छन्। रातिको समयमा ट्र्याक्टरमा काठ तस्करी हुन थालेको हो।

बिहीवार राति वन कार्यालय तथा सुरक्षाकर्मीको टोलीले सालको गोलिया तस्करी गरिरहेको अवस्थमा एउटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। ना ११ त २८७४ नम्बरको ट्र्याक्टर क्टरलाई पर्सागढी नगरपालिका वडा नं ४ टाडी चोकबाट नियन्त्रणमा लिइएको हो।

सबैया साझेदारी वन व्यवस्थपन समूह, सब डिभिजन वन कार्यालय मधुवन मथवल र सशस्त्र बेस क्याम्प सोलखपुरको संयुक्त टोलीले उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको थियो। जसमा ३ वटा सालको गोलिया आर्थात ४२ घनफिट काठ लोड गरी ग्राभेलले छोपिएर लगिदै थियो। गस्ती टोलीलाई देखेर चालक फरार भएका थिए। ट्रयाक्टर कसको हो बारेमा अनुसन्धान भइरहेको सब डिभिजन वन कार्यालय सोलखपुरका फरेष्टर पुरुषोत्तम पटेललले जानकारी गराए।

बरामद काठसहितको ट्र्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय पर्सा वीरगंजमा पठाउने तयारी भइरहेको जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell