PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

चिसोले मध्य तराईको जनजीवन प्रभावित



राधेश्याम पटेल

चिसोले मध्य तराईको जनजीवन प्रभावित

वीरगंज : मध्यतराईका जिल्लमा तीन दिन यता अत्यधिक चिसो मापन गरिएको छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको जल तथा मौसम विज्ञान केन्द्रका प्राविधिक शिवनन्दन यादवका अनुसार शुक्रवार बिहान अधिकतम ९ डिग्री सेल्सियस र न्युनतम ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए। त्यसैगरी, उनले ४ दशमलव ५ सापेक्षिक आद्रता मापन गरिएको बताए।

शनिबार भने तापक्रममा केही सुधार देखिएको छ। आज अधिकतम तापक्रम १३ मा पुगेको छ भने न्युनतम ९ डिग्री सेल्सियसमा झरेको छ।

उनले हावामा पानीको मात्रा बढेको र सोही हावा चल्दा शीतलहर महसुस भइरहेको पनि बताए। उनले बुधवारदेखि लागातार चिसो बढिरहे पनि शनिबार तापक्रममा केही सुधार देखिएको हो। तराईमा शीतलहर बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। विद्यालयहरुमा शिक्षण सिकाइ गर्न पनि कठिन भएको शिक्षकहरुले बताएका छन्।

खासगरी वृद्धवृद्धा तथा बालबालिका र गरिब, विपन्न समुदायका लागि यो चिसो कष्टकरण हुने बताइएको छ। वीरगंजस्थित नारायणी अस्पतलाका चिकित्सक डा. उदयनारायण सिंहले यो मौसममा न्यानो कपडा लगाउने, गरम झोलिलो पदार्थ खाने र बालबालिका र वृद्धवृद्धालाई विशेष ख्याल गर्नू पर्ने अभिभावकको भूमिका हुनु पर्नेमा जोड दिए। चिसोमा शहर बजारमा सर्वसधारणको आवागमन पातलिएको बताइएको छ। वीरगंजको विभिन्न चोकहरुमा दाउराको आगो बालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दैनिक ज्यालादारी जस्तै रिक्सा चालक, ठेला मजदुरी गर्ने मजदुरहरुको लागि कठ्याँग्रिदो चिसोले मर्का परेको समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell