PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आर्मीले एपीएफलाई दियो २ सय १२रनको लक्ष्य, हरि चौहानको अर्धशतक



पहिलोपोस्ट

आर्मीले एपीएफलाई दियो २ सय १२रनको लक्ष्य, हरि चौहानको अर्धशतक

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको छ।

आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाउँदा राजेश पुलामीले २८ रन जोडे। त्यस्तै सहाब आलमले २५ रन बनाउँदा लोकेस बमले १५ रन बनाँदा सुशन भारी र रोहित पौडेलले समान १३/१३ रन जोडे।

बलिङतर्फ अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा किशोर महतोले २ विकेट लिए। त्यस्तै कमल ऐरी र भुवन कार्की र सरद भेषवाकरले समान १/१ विकेट लिए।

दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई हराएको थियो। त्यस्तै एपीएफले नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell