काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल चलिरहेको छ। आज मैदान परिसरमा दर्शकको उपस्थिति बाक्लो रहेको छ। त्यस्तै समर्थकहरु विभिन्नखाले हुटिङ लगाउँदै खेलाडीलाई हौस्याइरहेका छन्।
पछिल्लो खेलहरुमा समर्थकहरुले ‘वेलकम ह्वाटमोर’, ‘वी वान्ट ह्वाटमोर’ भनेर हुटिङ लगाइरहेका थिए। नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आएयता मैदानतिरै देखिन्छन्। कहिले मुलपानी मैदानमा उनी देखिए त कहिले कीर्तिपुरमा।
आज पनि आर्मीको पारी सकिनसाथ ह्वाटमोर समर्थकहरु भएको अगाडि पुगे। त्यहाँ पुग्दा दर्शकहरुले उनलाई समर्थन गर्दै हुटिङ लगाएका थिए।
उनी अगाडि गए। तस्बिर खिचे। र, फर्किए।
जारी खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१५ रनको लक्ष्य दिएको छ।