PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

अहिंसात्मक नागरिक प्रदर्शन आज पनि माइतीघरमा

अहिंसात्मक नागरिक प्रदर्शन आज पनि माइतीघरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा आज पनि माइतीघरमा नागरिक प्रदर्शन भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार आन्दोलनका कार्यक्रमहरु जारी छ।

अहिंसात्मक नागरिक प्रदर्शनलाई सरकारले बारम्बार अवरोध र धरपकड जारी राखे पनि अभियन्ताहरु मौलिक शैलीका आन्दोलनमा सक्रिय छन्। आज पनि उनीहरुले विभिन्न नारा लेखिएका कागज प्रदर्शन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध अभियान जारी राखे। 

संवैधानिक निकायमा सरकारले एकलौटी हिसाबले गरेको नियुक्तिको खारेजीको माग पनि उनीहरुले राखेका थिए। सर्वसत्ताबाट विरुद्धको यो आन्दोलनमा गंगामायालाई न्याय देऊ जस्ता नारा पनि प्रदर्शन गरिएको थियो। प्रतिनिधिसभा मार्न पाइँदैन भन्दै जारी आन्दोलनक क्रममा हिजो टेकुमा नाटक प्रदर्शन गरिएको थियो।
 



ट्रेन्डिङ पोस्ट

Ncell