धनगढी : आफूसँग लामो समय सहकार्य गरेका सुदूर पश्चिमका नेता लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको विषयलाई लिएर आजको जनसभामा पुष्पकमल दाहाल प्रचण्डले नाम नलिइकन भने, 'उनी ओलीका दलाल भए। केपी ओली आफैँमा दालल हुन्। उनी दलालका पनि दलाल भए।'
प्रचण्डले सुदूर पश्चिम आएर पटक पटक लेखराज भट्टका पक्षमा दिएको अभिव्यक्ति स्मरण गरे। त्यसलाई गल्तीका रुपमा व्याख्या समेत गर्न भ्याए। 'मैले पटक पटक तपाईँहरु बिच नक्षेत्र हुन् भनेँ तर दलालका पनि दलाल भए,' प्रचण्डले भने, 'मैले पटक पटक मन्त्री बनाएँ। अहिले उनी ओलीको वरिपरि घुमिरहेका छन्।'