PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रधानमन्त्री कपको उपाधि आर्मीलाई



पहिलोपोस्ट

प्रधानमन्त्री कपको उपाधि आर्मीलाई

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै आर्मीले उपाधि जितेको छ। आज कीर्तिपुरस्थित टियू मैदानमा सम्पन्न खेलमा आर्मीले एपीएफमाथि ३३ रनले जित निकाल्दै उपाधि उचालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाउँदा राजेश पुलामीले २८ रन जोडे। त्यस्तै, सहाब आलमले २५ रन बनाउँदा लोकेस बमले १५ रन बनाँदा सुशन भारी र रोहित पौडेलले समान १३/१३ रन जोडे।

बलिङतर्फ अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा किशोर महतोले २ विकेट लिए। त्यस्तै, कमल ऐरी र भुवन कार्की र सरद भेषवाकरले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८ रनमा अलआउट भयो। एपीएफका लागि आशिफ शेखले अर्धशतकीय पारी खेल्दै ६१ रन बनाउँदा सन्दीप जोराले २९, शङकर रानाले २१ र सुमित महर्जनले १९ रन जोडे।

एपीएफलाई लक्ष्यसम्म पुग्न नदिन बिक्रम सोब, जितेन्द्र मुखिया र शहाब आलमले समान ३/३ विकेट लिए। त्यस्तै, सुसन भारीले १ विकेट लिए।

दुवै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै, समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई हराएको थियो। त्यस्तै, एपीएफले नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell