PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु, १०९ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु, १०९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ। त्यस्तै थप ३५० कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुने संक्रमितको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ। हाल नेपालमा दुई हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell