PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

वालिङमाथि शीर्षस्थानको एपीएफको जित



पहिलोपोस्ट

वालिङमाथि शीर्षस्थानको एपीएफको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले वालिङ नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले वालिङ नगरपालिकामाथि ३-० गोलअन्तरको जित निकालेको हो।

एपीएफको जितमा साबित्रा भण्डारीले दुई गोल गर्दा प्रीति राईले १ गोल गरिन्।

एपीएफले खेलको १३ औं मिनेटमा भण्डारीको गोलमा अग्रता बनाएको थियो। भण्डारीको गोलमा पहिलो हाफमा एपीएफ एक गोलले अघि रह्यो। दोस्रो हाफमा भण्डारीले फेरि अर्को गोल थपिन्। उनले खेलको ७१ औं मिनेटमा गोल गर्दा ७५ औं मिनेटमा एपीएफका लागि राईले गोल गरिन्।

जितसँगै शीर्षस्थानमा रहेको एपीएफले प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell