PahiloPost

May 24, 2026 | १० जेठ २०८३

हेर्नुहोस्, आर्मी प्रधानमन्त्री कप क्रिकेटको विजेता बन्दाका क्षणहरु

हेर्नुहोस्, आर्मी प्रधानमन्त्री कप क्रिकेटको विजेता बन्दाका क्षणहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै आर्मीले उपाधि जित्यो। आज कीर्तिपुरस्थित टियू मैदानमा सम्पन्न खेलमा आर्मीले एपीएफमाथि ३३ रनले जित निकाल्दै उपाधि उचाल्यो।

टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८ रनमा समेटियो।

दुवै टोली समूह ‘ए’बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो।

त्यस्तै, समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह ‘बी’को विजेता वाग्मती प्रदेशलाई हराएको थियो। त्यस्तै, एपीएफले नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell