PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

दश खेलाडीमा सेमेटिएको रियल मड्रिड लेभान्टेसँग पराजित



पहिलोपोस्ट

दश खेलाडीमा सेमेटिएको रियल मड्रिड लेभान्टेसँग पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिड लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो।

रियलमा डिफेन्डर इडेर मिलिटाओ खेलको नवौं मिनेटमै रेड कार्ड खाँदै बाहिरिएपछि रियल दश खेलाडीमा समेटिएको थियो। यद्यपि खेलको १३ औं मिनेटमा टोनी क्रुसको पासमा मार्को एसेन्सियोले गोल गर्दै मड्रिडलाई अघि बढाए। उता लेभान्टेका जोस लुइस मोरलेस नोगालेसले ३२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा रोगर मार्टीले गोल थप्दै लेभान्टेलाई अग्रता दिलाए। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। उनको गोल नै रियलमाथि जितका लागि लेभान्टेको निर्णायक गोल बन्यो।

जितसँगै लेभान्टे २० खेलबाट २६ अंक जोडेर खेलको ९ औं स्थानमा उक्लिएको छ। त्यस्तै २० खेलबाट ४० अंक जोडेको रियल शीर्षस्थानको एट्लेटिको मड्रिड भन्दा ७ अंकले पछि छ। एट्लेटिकोले १८ खेलबाट ४७ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell