PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आर्सनल र म्यानचेस्टर युनाइटेडको बराबरी, शीर्ष स्थानको सिटीले सेफिल्डलाई हरायो



पहिलोपोस्ट

आर्सनल र म्यानचेस्टर युनाइटेडको बराबरी, शीर्ष स्थानको सिटीले सेफिल्डलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न् खेल खेलमा घरेलु टोली आर्सनल र म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका हुन्।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले सेफिल्डमाथि १-० गोलअन्तरको जित निकालेको हो।

सिटीको जितमा गाब्रियल जिससले निर्णायक गोल गरे। उनले खेलको नवौं मिनेटमा गोल गरेका थिए। जितसँगै सिटीले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ।

सिटीले २० खेलबाट ४४ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell