PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै



पहिलोपोस्ट

राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका भिड्नेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा ४ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको पुलिस आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने होडमा हुनेछ। त्यस्तै ४ खेलबाट ३ अंक जोड्दै छैटौ स्थानमा रहेको चन्द्रपुर आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लने प्रयासमा रहने छ।

जारी प्रतियोगितामा ५ खेल खेलेर सबै खेलमा जित निकालेको एपीएफ १५ अंकसहित शीर्षस्थानमा छ भने समान ७ अंक जोडेका त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगर महानगरपालिका क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell