PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डाक्टर राजेन्द्र विमल र युवा कवि विमला तुम्खेवा पुरस्कृत 



पहिलोपोस्ट

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डाक्टर राजेन्द्र विमल र युवा कवि विमला तुम्खेवा पुरस्कृत 

काठमाडौँः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डाक्टर राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ।

नेपाली भाषा, साहित्यको विकास प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएबापत विमललाई नगद ५० हजार रुपैयाँ सहित सम्मान–पत्रसहित सम्मान गरिएको हो।  त्यस्तै नगद  एक लाख रुपैयाँ राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवा कवि विमला लुम्खेवा (तेह्रथुम) लाई प्रदान गरिएको छ।

ती दुवै पुरस्कार प्रतिष्ठानद्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद  उप्रेतीले ताम्र पत्र र नगद राशिको सम्मान थैली सम्मानित स्रष्टालाई प्रदान गरेका हुन्। युवा कवि तुम्खेवा खास गरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सटिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आएका छन्। प्रखर लेखन क्षमता राख्ने तुम्बेवा महिला अधिकार सशक्तीकरणका निम्ति क्रियाशीलका साथै पत्रकारिता तथा आख्यान लेखनमानसमेत सक्रिय छिन्। उनका विभिन्न कविता सङ्ग्रह प्रकाशित छन्।

मधेसी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवर्द्धनमा डा विमलले महत्त्वपूर्ण भूमिका खेलेका छन्। नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उनका एक दर्जन बढी कृतिहरू प्रकाशित छन्।

कार्यक्रममा प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले दुई पुस्ताका सर्जक विमल र तुम्खेवासहित भाषा, कला र साहित्यका विभिन्न स्रष्टालाई सम्मान गरेर प्रतिष्ठानले नेपाली बाङ्मयको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

त्यस्तै कथाकार गोपाल अश्कले नेपाली भाषा र मैथिली भाषाको प्रवर्द्धनमा डा विमलको महत्त्वपूर्ण भूमिका रहेको बताए।      पत्रकार यशोदा तिमिल्सिनाले युवा पुस्ताको अब्बल प्रतिभा तुम्खेवाको लेखनयत्रालाई अझ सशक्त बनाएर लैजान सुझाव दिएकी थिइन्।

प्रतिष्ठानका मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवर्द्धनको विविधमध्येको सम्मान र पुरस्कार पनि एक महत्त्वपूर्ण माध्यम भएको बताए।

सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एक एक स्रष्टालाई सम्मान गर्दै आएको छ।               



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell