PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फाइनलमा जोरासँग भिड्न गएपछि राजेशलाई 'डिमेरिट' अंक



पहिलोपोस्ट

फाइनलमा जोरासँग भिड्न गएपछि राजेशलाई 'डिमेरिट' अंक

काठमाडौं: शनिवार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलमा खराब व्यवाहार देखाएको भन्दै त्रिभुवन आर्मी क्लबका खेलाडी राजेश पुलामीलाई एक 'डिमेरिट' अंक दिइएको छ। उक्त फाइनल खेलमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो।

पुलामीलाई कोडअफ कन्डक्ट २.५ (कुनै शब्द, क्रिया र इसारा जसले अर्को ब्याट्सम्यानलाई खेलका क्रममा आक्रमक बन्न प्रोत्साहित गर्छ) अन्तर्गत म्याच रेफ्रीले 'डिमेरिट' अंक दिएका हुन्।

के भएको थियो खेलमा?

आर्मीले दिएको २११ रनको लक्ष्य एपीएफले पछ्याइरहेको थियो। जसमा विकेट जोगाएर एपीएफले पूरा ओभर खेल्न सके एपीएफले खेल जित्न सक्ने अवस्था थियो। यस्तोमा आर्मीलाई विकेट चाहिएको थियो र एपीएफलाई विकेट जोगाउनु परेको थियो।

यस्तोमा ३८ औं ओभरको अन्तिम बलमा विक्रम सोबले सन्दीप जोरालाई आउट गरे। २९ रन बनाएर राम्रो खेलिरहेका जोरा आफू आउट हुँदा विश्वासै गर्न सकिरहेका थिएनन्।

उनले स्टम्पमाथि ब्याट घुमाए र बाहिरिनै लागेका थिए आर्मीका खेलाडी राजेश पुलामी उनीसँग विवाद गर्न आइपुगे। जोरा पनि त्यतिकैमा आक्रामक भए र केही क्षणका लागि माहोल बिग्रियो। त्यसपछि आर्मीका अन्य खेलाडीले पुलामीलाई अर्कोतर्फ लगे र जोरा पभेलियन फर्किए।

पुलामीले आफ्नो गल्ती स्वीकारेको र उनलाई एक 'डिमेरिट' अंक दिइएको म्याच रेफ्री विनय झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell