PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

फेरि माइतीघरको सडकमा पलेटी कसेर उस्तै गरी बसे प्रचण्ड र माधव नेपाल

फेरि माइतीघरको सडकमा पलेटी कसेर उस्तै गरी बसे प्रचण्ड र माधव नेपाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  'हामी यहाँ छौं' भन्ने नारा लेखिएको प्लेकार्ड शरीरमा टाँसेर माइतीघरको सडकमा देशका तीन पूर्व प्रधानमन्त्री बसेको प्रसंग निकै चर्चामा आयो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्षको शिकार समेत बने त्यसरी बस्दा।

प्रधानमन्त्री ओली अहिले पनि सडकमा यसरी बसेको कुराको खिसिटिउरी गरिरहेका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्दोलनरत प्रचण्ड- माधव नेपाल समूह हरेक दिनजसो विरोधमा सक्रिय छन्। उनीहरुले विरोधको कार्यतालिका नै सार्वजनिक गरेका छन्।

त्यसैक्रममा आज फेरि पूर्व निर्धारित विरोधको कार्यक्रम स्वरुप उनीहरु सडका देखिए। सडकमा नै पहिले झै पलेटी कसेर विरोधको कार्यक्रममा उनीहरु सहभागी भए। यसापाला भने झलनाथ खनाल देखिएनन्। माधव नेपाल र प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल र अष्टलक्ष्मी शाक्य पनि सडकमा बसे। प्रचण्डको अगाडि सूर्य चिन्हको ब्यानर राखिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell