PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

दुबई जान लागेका युवक १० लाख रुपैयाँ सहित विमानस्थलबाट समातिए



पहिलोपोस्ट

दुबई जान लागेका युवक १० लाख रुपैयाँ सहित विमानस्थलबाट समातिए

काठमाडौंः अवैध तरिकाले रकम विदेश ल्यौजान लागेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन विमानस्थलबाट काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्की घर भएका  आशिष खाती क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

उनी नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेको अवस्थामा विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्या‍ण्ड व्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा चेकिङ गर्दा १० लाख रुपैयाँ फेला परेको थियो। आशिषको कालो रङ्गको सुटकेसभित्र रकम फेला परेको थियो।

घटनाको थप अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालय गौचर पठाएको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell