PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

संसद विघटनको मुद्दामा निवेदकको बहस सकियो, सरकारी वकिलले भोलिबाट सुरू गर्ने 



पहिलोपोस्ट

संसद विघटनको मुद्दामा निवेदकको बहस सकियो, सरकारी वकिलले भोलिबाट सुरू गर्ने 

काठमाडौं : प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा निवेदकको तर्फको बहस सकिएको छ। 

विघटनविरूद्ध १३ वटा निवेदन परेका थिए। आज १२ जना अधिवक्ताले बहस गरेसँगै निवेदक तर्फको बहस सकिएको हो। 
अब सरकारवादी वकिलले भोलिदेखि बहस गर्नेछन्। 

आज अधिवक्ताहरू गोपालदत्त पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल, खडानन्द कँडेल, लोकेन्द्र बहादुर ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, केशरजंग केसी, कलमबहादुर खत्री, यदुनाथ खनाल, मनिराम उपाध्याय र तुलसी सिम्खडाले बहस गरेका थिए। शिम्खडा १३ औं निवेदक हुन्। 

यस मुद्दामा ३ सय भन्दा बढी वकालतनामा परेका छन्। निवेदक पक्षबाट ६० भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन्। माघ ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell