PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फागुन अन्तिम साता हुने १०औँ नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी नेपाल



पहिलोपोस्ट

फागुन अन्तिम साता हुने १०औँ नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी नेपाल

काठमाडौं : फागुन अन्तिम साता हुन गइरहेको दशौँ नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ।

एलआइसीका तर्फबाट सीईओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब एलआइसी नेपाल १० औँ नेफ्टा अवार्ड २०७७ भएको छ।

कोरोना भाइरसको महामारीको कारण गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा वर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन्। जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक कार्यक्रम यहि माघ २४ गते काठमाडौंमा हुनेछ। अवार्ड समारोह भने फागुन २९ गते हुनेछ।

कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई थप चलायमान र सक्रिय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए। महामारीको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउने आफूहरुको दायित्व भएको भन्दै उनले यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शकलाई आग्रह पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell