PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

गणेश सेन्चुरीको 'कान्छी'मा नाजिर र सुनिशाको चट्पटे माया



पहिलोपोस्ट

गणेश सेन्चुरीको 'कान्छी'मा नाजिर र सुनिशाको चट्पटे माया

काठमाडौं :  घरको पूजा कोठामा देउतालाई चढाएको पैसा चोरेर आइपुग्छ केटो। साथी धनपति उसकै पछिपछि लाग्छ। दुबैजना पुग्छन् चट्पटे पसलमा।

'खोइ त मटर राखेको, खोइ नुन चाखेको?' भन्दै प्रश्न गर्छन् कान्छीलाई जो पसलकी साहुनी हुन्। प्रश्नसँगै शुरु हुन्छ गणेश सेन्चुरीको गीत 'कान्छी।' बुद्ध योन्जनले लेखेको गीतमा संगीत मोनिश निरौलाले दिएका छन्।

गीतको भिडियोले चट्पटे बेच्ने युवती र उनको ग्राहकबिच फक्रने प्रेमको कथा देखाउँछ। भिडियोलाई संगीतकार मोनिश स्वयंले निर्देशन गरेका हुन्। जसमा कलाकारहरू नाजिर हुसेन, सुनिशा बजगाईं, सबिना कार्की, महेन्द्र बठालगायतको अभिनय रहेको छ। संगीत सापकोटाको कथा रहेको भिडियोलाई सौरभ लामिछानेले खिचेका हुन्।

रैला प्रोडक्सनको निर्माणमा बनेको गीत गायक गणेशको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell