PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा, ६ वटा चोरीको मोटरसाइकल बरामद



पहिलोपोस्ट

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा, ६ वटा चोरीको मोटरसाइकल बरामद

जनकपुरधाम : मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  ५ जनालाई ६ वटा चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो।

धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउतको पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी भएको मोटरसाइकल पत्ता लगाउने क्रममा उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

पक्राउ पर्नेहरुमा सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर ३ रौजाखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा नम्बर २ राजपुरका प्रमोद कुमार यादव, विष्णुपुर वडा नम्बर २ कै मनोज कुमार यादव, धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वाका अमरेन्द्र कुमार यादव रहेका छन्। चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ।

६ वटा मोटरसाइकल बरामद

मोटरसाइकल चोरी गर्ने गिरोहबाट प्रहरीले ६ वटा चोरीका मोटरसाइकलहरु समेत बरामद गरेको छ। प्रहरीले उनीहरुको साथबाट ज ८ प ८७७५ नम्बरको अपाचे, ज १२ प ६११८ नम्बरको २२० सीसीको पल्सर, स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर, को ३८ प ७६४ नम्बरको सुपर स्प्लेण्डर र ना ३९ प ६३८२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद गरिएको मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell