PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, दुई जनाको मृत्यु



पहिलोपोस्ट

थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, दुई जनाको मृत्यु
फाइल फोटो

काठमाडौं : नेपालमा थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा दुई लाख ७० हजार ९५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै कोभिड-१९ संक्रमित थप दुई जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या दुई हजार २९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २८८ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुने संक्रमितको संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ। हाल नेपालमा दुई हजार ५९४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell