कैलाली : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उप-महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
दुर्घटनामा १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा धनगढीकै १९ वर्षीय कृष्ण राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का १९ वर्षीय मिलेन्द्र सिंह राना घाइते भएका छन्।
