PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

चन्द्रपुरलाई हराउँदै पुलिस तालिकाको शीर्ष दुईमा, यस्तो रह्यो प्रतिस्पर्धा

चन्द्रपुरलाई हराउँदै पुलिस तालिकाको शीर्ष दुईमा, यस्तो रह्यो प्रतिस्पर्धा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले चन्द्रपुरमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको २७ औं मिनेटमा पुलिसले निर्मला बिकको गोलमा अग्रता बनाएको थियो। त्यस्तै, ३९ औं मिनेटमा चन्द्रपुरकी सबिता राना मगरले गोल गर्दा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा पुलिसकी निरु थापाले गोल गरिन्। उनले खेलको ५० औं मिनेट गोल गर्दा अनुस्का शेर्पाले अतिरिक्त समयमा गोल गर्दै पुलिसलाई ३-१ गोल अन्तरको सहज जित दिलाइन्।

जितसँगै पुलिस ५ खेलबाट ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको एपीएफले ५ खेलबाट १५ अंक जोडेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell