PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना गर्दै राखेप



पहिलोपोस्ट

‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना गर्दै राखेप

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) ले माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रधानमन्त्री ओली स्वयं खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम रहेको राखेपले विज्ञप्तिमार्फत जनाएको छ।

कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा माघ २० गते दिउँसो १ बजे हुने छ। कार्यक्रममा नेपाली खेलकुदको विकास–विस्तार र समसमायिक बिषयका बारेमा सम्बोधन हुने बताइएको छ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीको उपस्थितिमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राखेका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउने कार्यक्रम रहेको छ।

यो सँगै राखेपले वागमती प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ। जसमा सम्बन्धित बिषयका बिज्ञले खेल व्यवस्थापन, प्रशासनिक सहजीकरण र संयोजन, तालिम तथा प्रशिक्षण विभाग सहजीकरण र संयोजन, प्रशिक्षक प्रशिक्षण, स्पोर्ट्स मेडिसिन र डोपिङ, मोटिभेसन, खेल समाजशास्त्र तथा लैंगिक हिंसा र खेल मनोविज्ञानलगायत अन्य विषयमा प्रशिक्षणसमेत हुने बताइएको छ। त्यस्तै प्रशिक्षणकै दौरान ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसंग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ। माघ २१ र २२ गते अभिमुखीकरण कार्यक्रम हुने राखेपले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell