PahiloPost

May 16, 2026 | २ जेठ २०८३

करण केसीले लिए क्रिस गेलको विकेट



पहिलोपोस्ट

करण केसीले लिए क्रिस गेलको विकेट

काठमाडौं: युएईमा जारी टी १० लिगमा करण केसीले युनिभर्स बोस क्रिस गेलको विकेट लिएका छन्। शेख जायेद स्टेडियममा टिम अबुधावी र पुणे डेभिल्स बिचको खेलमा केसीले पुणेका लागि बलिङ गर्दै गेलको विकेट लिएका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको पुणेले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको टिम अबुधावीका ब्याट्सम्यान क्रिस गेलको विकेट केसीले लिएका हुन्। ३.१ ओभरमा आफ्नो पहिलो बलिङमै केसीले गेललाई आउट गराएका हुन्।

उनले आफ्नो पहिलो ओभरमा १८ रन दिँदै १ विकेट लिए। यद्यपि ८.३ ओभरमा लक्ष्य पुरा गर्दै खेल भने अबुधावीले ५ विकेटले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell