PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

महिला लिगमा दुई खेल: अपराजित एपीएफलाई जितविहीन चौदण्डीको चुनौती



पहिलोपोस्ट

महिला लिगमा दुई खेल: अपराजित एपीएफलाई जितविहीन चौदण्डीको चुनौती

काठमाडौं: राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा दुबै टोली दोस्रो स्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रने छन्। खेल मध्यान्ह ११ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा शीर्ष स्थानमा रहेको एपीएफले तालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकासँग भिड्नेछ। एन्फा कम्पेक्समै दिउँसो साढे २ बजे सुरुहुने खेलमा एपीएफ आफ्नो छैटौं जितको खोजिमा रहनेछ। जारी प्रतियोगितामा एपीएफ अपराजित एकमात्र टोली हो त्यस्तै चौदण्डीगढी जितविहिन एकमात्र टोली हो।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell