PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

झापाको कचनकबलमा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु



पहिलोपोस्ट

झापाको कचनकबलमा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु

काठमाडौं : घरमा आगलागी हुँदा झापामा एक पुरुषको मृत्यु भएको छ।

राति करिब साढे १२ बजे झापाको कचनकबल गाउँपालिका वडा नम्बर १ घेराबारीमा घरमा आगलागी हुँदा ५५ वर्षीय गोवर्धन राजवंशीको मृत्यु भएको हो। राति सुतिरहेको अवस्थामा आगलागी हुँदा घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन्।

करिब साढे १ बजेतिर प्रहरी चौकी घेराबारीबाट गएको प्रहरी टोली, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट काठको खम्बा टिनको बेरा र टिनको छानो भएको १ तल्ले घर,बासको टाटीले बारेको टिनको छाना भएको एक तल्ले कच्ची घर र बासकै टाटीले बारेको टिनको छाना भएको कच्ची भान्सा घर समेत गरी ३ वटा घर पूर्ण रूपमा जली नष्ट भएको छ। त्यस्तै आगलागीमा परी एउटा गाई, दुई बाछा र तीन वटा बाख्रासमेत जलेर मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell