PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

हुन्डी कारोबारको आशंकामा मनी चेन्जरमा प्रहरीको छापा, १३ लाख नगदसहित सञ्चालक पक्राउ



राधेश्याम पटेल

हुन्डी कारोबारको आशंकामा मनी चेन्जरमा प्रहरीको छापा, १३ लाख नगदसहित सञ्चालक पक्राउ

वीरगंज : हुन्डी कारोबार गरेको आशंकामा पर्सा प्रहरीले वीरगंज ९ घण्टाघरस्थित मनोकामना मनी चेन्जरमा छापा हानेको छ। आइतवार दिउँसो २ बजे छापा हानी ठुलो परिमाणमा भारु र नेपाली रुपैयाँ बरामद गर्नूको साथै मनी चेन्जर सञ्चालक गोपालप्रसाद सोनारलाई हिरासतमा लिएको छ।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्दै पूर्व सूचनाको अधारमा सञ्चालक सोनारलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मनोकामना मनी चेन्जरबाट ५ लाख ८४ हजार १ सय भारु (करिब ९ लाख ३४ हजार रुपैयाँ) र ३ लाख ९२ हजार ९० नेपाली रुपैयाँ बरामद गरिएको हो। दुबै जोड्दा नेपाली रुपैया करिब १३ लाख हुन आउँछ।

पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजित कुवँरका अनुसार उक्त स्थानबाट प्रहरीले दुई सिमकार्ड र मोबाइल एक थान पनि बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell