PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कक्षा १२ को परीक्षाफल सार्वजनिक



पहिलोपोस्ट

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ।

मंसिर महिनामा सम्पन्न १२ को परीक्षामा ४ लाख ३३ हजार २ सय ७१ जना परीक्षार्थी सहभागी थिए। कोभिड संक्रमित विद्यार्थीहरुको भने पुसमा परीक्षा भएको थियो।

नियमिततर्फ ३ लाख, १० हजार ३ सय १६ जनाले परीक्षा दिएका थिए भने ग्रेड बृद्धितर्फ ९१ हजार ९ सय, आंशिकतर्फ ३१ हजार ५५ जना विद्यार्थीले परीक्षा दिएका थिए। त्यसमध्ये कुल ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ।

परीक्षाफल www.neb.gov.np र www.neb.ntc.net.np बाट हेर्न सकिने बोर्डले जनाएको छ। त्यस्तै NEB<Sapce>Symbolno टाइप गरी नेपाल टेलिकमको १६०० मा पठाएर समेत नतिजा हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell