PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अनामनगरबाट दिउँसै १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी



पहिलोपोस्ट

अनामनगरबाट दिउँसै १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी
प्रतिकात्मक तस्बीर

काठमाडौँः काठमाडौंको अनामनगरमा आइतबार दिउँसै चोरी भएको छ।

काठमाडौं महानगरपालिका-२९ अनामनगरमा डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका ५ घर भएका ४९ वर्षीय महेन्द्र क्षेत्रीको कोठामा चोरी भएको प्रहरीले जानकारी दिएको छ।

क्षेत्रीको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १५ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ।

चोरीमा संलग्न फरार ब्याक्तिहरूको खोजी भइरहेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell