PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रदेशसभाको बैठक स्थगित भएकोमा प्रचण्ड नेपाल समूह आक्रामक, सभामुखलाई सरकारको छायाँ भएको आरोप



पहिलोपोस्ट

प्रदेशसभाको बैठक स्थगित भएकोमा प्रचण्ड नेपाल समूह आक्रामक, सभामुखलाई सरकारको छायाँ भएको आरोप

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी वाग्मती प्रदेश सभाको बैठक स्थगित गरेको भन्दै नेकपाकै एउटा समूहले तत्काल बैठक बोलाउन माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहका मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि वाग्मतीमा पनि केन्द्रको किचलो सल्लेको थियो। पुस १० गते पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोमा माघ ९ को प्रदेश सभा बैठकमा उक्त प्रस्ताव पेश भएको थियो।

प्रस्तावमा छलफल गर्न भन्दै १९ गतेका लागि बैठक बोलाइएको भए पनि अकास्मात स्थगित गरिएपछि प्रचण्ड-नेपाल समूह आक्रामक भएको हो। संसद सचिवालयले फागुन ५ सम्मका लागि बैठक स्थगित गरेको छ। सभामुख लाचार सरकारको छायाँ मात्रै बनेको प्रचण्ड-नेपाल समूहले आरोप लगाएको छ।

'संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेश सभाको नियमावली समेतको घोर उलंघन गर्दै प्रदेश सभाका माननीय सभामुख अल्पमतको सरकारको लाचार छायाँ बन्न पुगेको स्पष्ट देखिन्छ,' संसदीय दलको नेताका तर्फबाट शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अविश्वासको प्रस्तावकहरुसँग कुनै छलफल नगरी तथा कुनै कारण नखुलाई गरिएको यो स्थगन तुरुन्त सच्याउन पनि माग गरिएको छ।

किचलो बढ्दै गएपछि प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेताबाट पौडेललाई हटाउनका साथै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell