PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कालो झण्डा : प्रचण्ड–नेपाल समूहका र ओली समूहका कार्यकर्ताबिच घम्साघम्सी



पहिलोपोस्ट

नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कालो झण्डा : प्रचण्ड–नेपाल समूहका र ओली समूहका कार्यकर्ताबिच घम्साघम्सी

काठमाडौं : आज बिहान उपप्रधानमन्त्री इश्वर पोखरेल नुवाकोट पुग्दा केही समय त्यहाँको अवस्था तनावपूर्ण बन्यो। प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर आन्दोलनमा रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका कार्यकर्ता र ओली समर्थक कार्यकर्ताबिच कुटपिट हुँदा अबस्था जटिल बनेको हो। नुवाकोटको बट्टार बजारमा दुई समूहबिच घम्साघम्सी भएको थियो। दुई समूहलाई नियन्त्रणमा लिन प्रहरीले लठ्ठीचार्ज गरेको थियो।

'कार्यक्रम स्थलभन्दा नजिकै केहीबेर घम्साघम्सी भएको थियो। तर अहिले अबस्था नियन्त्रणमा आइसकेको छ,' जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी तुलबहादुर कार्कीले भने।

पोखरेलको विरोधमा प्रर्दशनमा उत्रिएका समूहले कालो झन्डा देखाउनेदेखि मन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर ढुङ्गा समेत प्रहार गरेका थिए। तर, ढुङगा मन्त्री चढेको गाडीमा भने लागेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई धार देखिएको छ। आन्दोलनरत प्रचण्ड- माधव समूह अहिले सडक आन्दोलनमा छ। त्यस्तै सरकार संचालन गरिरहेको ओली समुहका नेताहरु पनि दैनिकजसो सभा तथा र्‍याली निकालिरहेका छन्।

पार्टी दुई गुट बनाएर सडकमा आउँदा सुरक्षा निकायलाई भने शान्तिपूर्ण वातावरण बनाउन चुनौती देखिएको छ। त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसदेखि अन्य राजनीतिक दल र नागरिक समाजसम्म प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell