PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विराटनगरलाई फराकिलो अन्तरले हराउँदै आर्मी शीर्ष दुईमा, शर्मिलाको ह्याट्रिक

विराटनगरलाई फराकिलो अन्तरले हराउँदै आर्मी शीर्ष दुईमा, शर्मिलाको ह्याट्रिक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा आर्मीले ७-० को फराकिलो जित निकालेको हो।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक पुरा गरिन्। त्यस्तै विमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङले र बिमला विकले १/१ गोल गरिन्।

खेलको ३६ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई अग्रता बनाएकी थिइन्। त्यस्तै ४५ औं मिनेटमा शर्मिलाले गोल गरिन्। त्यस्तै इन्ज्युरी समयमा शर्मिलाले नै अर्को गोल गर्दा पहिलो हाफमा आर्मी ३ गोलले अघि रह्यो।

दोस्रो हाफमा शर्मिलाले ह्याट्रिक पुरा गरिन्। उनले खेलको ६१ औं मिनेटमा ब्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्। त्यस्तै ६७ औं मिनेटमा रश्मी घिसिङले पेनाल्टीमार्फत गोल थपिन् भने ७१ औं मिनेटमा बिमला विक र ८४ औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई जित दिलाए।

जितसँगै ५ खेलबाट १० अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा छ। १५ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफले केहीबेरमा चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell