PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फिल्म 'बिहे पास' मा दयाहाङ र प्रकृति अनुबन्धित, होस्टेलपछि प्रकृतिको कम ब्याक



पहिलोपोस्ट

फिल्म 'बिहे पास' मा दयाहाङ र प्रकृति अनुबन्धित, होस्टेलपछि प्रकृतिको कम ब्याक

काठमाडौंः फिल्म 'बिहे पास' मा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अनुबन्धित भएका छन्।

फिल्म 'होस्टेल' बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत कम ब्याक गरेकी हुन्। होस्टेल चलचित्रबाट प्रकृतिले तारिफ बटुलिरहेको बेलामा नै उनी वैवाहिक जीवनमा बाँधिएकी थिइन्। त्यसपछि उनी अस्ट्रेलियातिर लागिन्। तर फेरी उनलाई दर्शकले ठुलो पर्दामा देख्न पाउने भएका छन्।

बिहे पास फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्ने भएका छन्। रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह-निर्माता ग्याल्जेन लामा हुन्।

सामाजिक र कमेडी जनरामा बन्न लागेको फिल्ममा दयाहाङ र प्रकृति मुख्य भूमिकामा देखिनेछन् भने अन्य कलाकारहरूको भने छनोट गर्न बाँकी रहको निर्माता रोहित कट्टेलले बताए।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन चैत पहिलो साताबाट सुरु हुनेछ। फिल्मको छायाङ्कन विराटनगर लगायत देशको पूर्वी जिल्लाहरूमा गरिने निर्माता कट्टेलले जानकारी दिए।

चैत ११ गते सरकारले कोभिड १९ सङ्क्रमण रोकथामको लागि भन्दै लकडाउन घोषणा गरेपछि लामो समयसम्म चलचित्र निर्माणको काम बन्द भयो। अहिले सङ्क्रमण केही न्यून हुँदै जाँदा चलचित्र निर्माणको काम सुरु हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell