काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्षकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहको केन्द्रिय कमिटीको बैठक कार्की बैंकुट बबरमहलमा सुरु भएको छ। स्थायी कमिटी सदस्य गणेश साहाले बैठक सुरु भएको जानकारी दिए।
केन्द्रीय कमिटी बैठक अघि ऐजेण्डा तय गर्न स्थायी कमिटीको बैठक बसेको थियो। काठमाडौंमा माघ २८ गतेका लागि तोकिएको आमसभालाई सशक्त बनाउन तथा निर्वाचन आयोगले गरेको निर्णयपछि अब कसरी अगाडी बडने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
यसअघि पुष ७ मा पनि कार्की बैंकुटमै नेकपाको केन्द्रीय कमिटीको बैठक बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री तथा पार्ट अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो भने माधव नेपाललाई अध्यक्ष चयन गरेको थियो। पुष ५ मा संसद विघटन भएपछि राजनीतिक रुपमा विभाजन भएका नेकपाका ओली र प्रचण्ड-नेपाल समूह हाल एक अर्का बिरुद्धका गतिविधिमा केन्द्रित छन्। संसद विघटनका बिरुद्ध प्रचण्ड-नेपाल समूह सडक संघर्षमा छ भने ओली समूह आफू इतरका नेता बिरुद्ध शक्ति प्रदर्शननमा लागेको छ।
