PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ओरालो लाग्दै कोभिड-१९ को संक्रमण : सक्रिय संक्रमित करिब २५ सय, आज थपिए १५९ जना



पहिलोपोस्ट

ओरालो लाग्दै कोभिड-१९ को संक्रमण : सक्रिय संक्रमित करिब २५ सय, आज थपिए १५९ जना

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

हालसम्म संक्रमण पुष्टि भएका मध्ये दुई लाख ६६ हजार ६ सय जना संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्र दुई सय ६४ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल नेपालमा दुई हजार चार सय ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell