PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

जब विद्यार्थीको हुल प्रतिनिधिसभा विघटन विरुद्धमा नारा लगाउँदै संसद भवनतिर लाग्यो...

जब विद्यार्थीको हुल प्रतिनिधिसभा विघटन विरुद्धमा नारा लगाउँदै संसद भवनतिर लाग्यो...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शनमा उत्रिएको समूह र प्रहरीबिच घम्साघम्सी भएको छ।

आज दिउँसो नयाँ बानेश्वरको संसद भवन अगाडि प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको हो। भिडलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो। जसको क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए। जब प्रतिनिधि सभा विघटन विरुद्धको  नारा लगाउँदै समूह संसद भवनतिर अगाडि बढ्यो प्रहरीले त्यसपछि धरपकड गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेपाल कम्युनिष्ट पार्टीबाट पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुह आन्दोलनमा छन्। दिउँसो प्रचण्ड- नेपाल समुहका अनेरास्ववियूका  विद्यार्थीहरुले प्रर्दशन गरेको हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell