PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डगढीमाथि एपीएफले फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले २२ गोलको फराकिलो अन्तरले जित निकालेको हो।

एपीएफले पहिलो हाफमा १२ गोल र दोस्रो हाफमा १० गोल गरेको हो।

एपीएफको जितमा साबित्रा भण्डारीले सर्वाधिक एक दर्जन गोल गरिन्। त्यस्तै, अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्। त्यसबाहेक रेनुका नगरकोटी र सरु लिम्बूले एकएक गोल गरे।

लगातार छैटौँ जितसँगै एपीएफ तालिकाको शीर्ष स्थानमा कायम छ भने प्रतियोगितामा जितविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell