PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बलिउडमा धेरै विभेद भोगेँ : तापसी पन्नू



पहिलोपोस्ट

बलिउडमा धेरै विभेद भोगेँ : तापसी पन्नू
Photo: India Today

अभिनेत्री तापसी पन्नूले बलिउडमा हुने विभेदको बारेमा बताएकी छिन्। उनले आफूले भोगेको अनुभव समेत सेयर गरेकी छिन्।

उनले भनिन्, ‘हिरोको अघिल्लो फिल्म फ्लप हुँदा मलाई पारिश्रमिक घटाउन भनिएको थियो, ताकी फिल्मको बजेट नियन्त्रण गर्न सकियोस्।’

त्यस बेलादेखि आफूलाई राम्रो लागेको फिल्महरूमा मात्र काम गर्ने निर्णय लिएको उनी बताउँछिन्।

उनले करियरको सुरुवातमा फिल्मी क्षेत्रमा धेरै अनौँठो चीजहरूको सामना गरिन्।

‘म अरू बलिउड अभिनेत्रीहरू जस्तो सुन्दर थिइनँ। यसकारण मलाई अभिनेताकी श्रीमतीले मन नपराउँदा फिल्मबाट रिप्लेस गरिएको थियो,’ उनले सुनाइन्।

विगत कोट्याउँदै उनले भनिन्, ‘एउटा फिल्मको डबिङको बेला हिरोलाई तिमीले बोलेको डाइलग मन परेन त्यसैले डाइलग बदल्नुपर्छ भनियो। जब मैले डाइलग परिवर्तन गर्दिनँ भने तब त्यो डाइलग अरु डबिङ आर्टिस्टबाट पूरा गरिएको थियो।’

तापसी पन्नू क्रिकेटर मितालीको बायोपिकमा आधारित फिल्म ‘शाबास मिथु’मा समेत देखिने भएकी छिन्। जसको लागि उनी कोचबाट क्रिकेटको तालिम समेत लिइरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell