PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महिला लिग: वालिङलाई चन्द्रपुरको चुनौती



पहिलोपोस्ट

महिला लिग: वालिङलाई चन्द्रपुरको चुनौती
नेपाल पुलिस क्लबसँग खेल्दै चन्द्रपुर, फाइल फोटो

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा क्यामरुनी खेलाडी भित्र्याएको वालिङलाई चन्द्रपुरले चुनौती दिनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

प्रतियोगितामा दुबै टोली आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। ५ खेल खेलेको वालिङले १ जित २ हार र २ बराबरी खेल्दै ५ अंक जोडेको छ भने समान ५ खेल खेलेको चन्द्रपुरले १ जित र ४ हार ब्यहोर्दै ३ अंक जोडेको छ। तालिकामा वालिङ पाँचौ र चन्द्रपुर छैटौ स्थानमा छन्।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell