PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नख्खु कारागार पुगेर खानेपानी मन्त्री थापाले भेटे विप्लव समूहका नेता वलीलाई, करिब डेढ घण्टा कारागारमा नै बिताए



पहिलोपोस्ट

नख्खु कारागार पुगेर खानेपानी मन्त्री थापाले भेटे विप्लव समूहका नेता वलीलाई, करिब डेढ घण्टा कारागारमा नै बिताए

काठमाडौंः खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्।

बिहान करिब १० बजेतिर उनी नख्खु जेल पुगेका थिए। डेढ घण्टा जति उनले त्यही बिताए। त्यसै क्रममा नेता वलीसँग भेट भएको हो। ' कारागार भित्र पनि निरिक्षण गर्नु भएको थियो। त्यही क्रममा उहाँसँग पनि भेटेर केही समय कुरा भयो,' कारागार स्रोतले भन्यो।

प्रतिनिधिसभा विघटनपछि नेकपा कम्युनिस्ट पार्टी ( नेकपा) दुई गुटमा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबन्धित विप्लव समूहसँग केही सकारात्मक देखिएका छन्। सकारले विप्लव समूह माथि लगाएको प्रतिबन्ध समेत फुकुवाको तयारी समेत गरिरहेको छ।

मन्त्री थापाले कारागारमा नै गएर भेट्नुले सरकार विप्लव समूहसँग सकारात्मक देखिएको छ भन्ने आकलन गर्न सकिन्छ। वलीलाई ललितपुरमा एन सेल बम विस्फोटको घटनमा २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ गरेको थियो।

जिल्ला अदालत ललितपुरले उनलाई गत वैशाखमा पुर्पक्षको लागि जेल चलान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell