PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कारागार पुगेर विप्लव समुहका नेता भेटेपछि मन्त्री थापाले भने,'पुरानो साथी भएकाले सामान्य कुराकानी भयो'



पहिलोपोस्ट

कारागार पुगेर विप्लव समुहका नेता भेटेपछि मन्त्री थापाले भने,'पुरानो साथी भएकाले सामान्य कुराकानी भयो'

काठमाडौंः खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्।

मन्त्री थापाले निरिक्षणको क्रममा साथीको हैसियतले सामान्य कुराकानी भएको बताएका छन्। ' मेरो पुरानो साथी, भ्रमणको क्रममा भेट भयो। के पढिरहनु भएको छ? कारागारभित्र सफाइको अवस्था कस्तो छ? भन्ने विषयमा सामान्य कुराकानी भयो,' मन्त्री थापाले भने।

बिहान करिब १० बजेतिर उनी नख्खु जेल पुगेका थिए। डेढ घण्टा जति उनले त्यही बिताए। त्यसै क्रममा नेता वलीसँग भेट भएको हो।

प्रतिनिधिसभा विघटनपछि नेकपा कम्युनिस्ट पार्टी ( नेकपा) दुई गुटमा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबन्धित विप्लव समूहसँग केही सकारात्मक देखिएका छन्। सकारले विप्लव समूह माथि लगाएको प्रतिबन्ध समेत फुकुवाको तयारी समेत गरिरहेको छ।

मन्त्री थापाले नेता वलीसँग कारागार बाहेक अन्या राजनितिक कुराकानी भने नभएको दाबी गरेका छन्।' सामान्य कुराकानी भएको हो। पोलिटिकल कुरा भएन,' मन्त्री थापाले भने।

मन्त्री थापाले कारागारमा नै गएर भेट्नुले सरकार विप्लव समूहसँग सकारात्मक देखिएको छ भन्ने आकलन गर्न सकिन्छ। वलीलाई ललितपुरमा एन सेल बम विस्फोटको घटनमा २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ गरेको थियो।

जिल्ला अदालत ललितपुरले उनलाई गत वैशाखमा पुर्पक्षको लागि जेल चलान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell