PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आफूलाई कुटेको भन्दै नायिका सुष्मा कार्की प्रहरीमा पुगिन्



पहिलोपोस्ट

आफूलाई कुटेको भन्दै नायिका सुष्मा कार्की प्रहरीमा पुगिन्

काठमाडौंः नायिका सुष्मा कार्की बेलाबेला विभिन्न कारणले चर्चा आइरहन्छिन्। केही समय कलाकार पूजा शर्माका फ्यानहरूले अभद्र व्यवहार गरेको भन्दै प्रहरी कहाँ पुगेकी सुष्मा फेरी यस्तै लफडाको कारण चर्चामा आएकी छिन्।

तर यस पटक भने उनले आफू माथि कुटपिट भएको बताएकी छिन्। कार्कीले काठमाडौंको 'लन्डन पब'मा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरीमा पुगेकी हुन्।

'हिजो आफू माथि अभद्र व्यवहार भएको भन्दै आउनु भएको थियो। हामीले अनुसन्धान गरिरहेका छौँ,'महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने।

कलाकार कार्कीले आफूलाई एक जना पत्रकार सहित एक महिलाले कुटपिट तथा अभद्र व्यवहार गरेको बताएकी छिन्। तर अहिलेसम्म उनले कुनै लिखित उजुरी दिएकी छैनन्।

'उहाँले उजुरी नदिए पनि हामीले अनुसन्धान त गर्नै पर्ने भयो नी। अनुसन्धान भइरहेको छ,' एसपी बस्नेतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell