PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

राहत प्याकेज माग्दै कोरोना पीडित व्यवसायीद्वारा बालुवाटारमा धर्ना, सोधे-'सहुलियत कर्जा कहिले पाउने?'

राहत प्याकेज माग्दै कोरोना पीडित व्यवसायीद्वारा बालुवाटारमा धर्ना, सोधे-'सहुलियत कर्जा कहिले पाउने?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मौद्रिक नीतिमा उल्लेख गरिए अनुसार राहत प्याकेज कार्यान्वयनमा नआएको भन्दै साना तथा मझौला व्यवसायीले आज बालुवाटार घेराउ गरे।

कोरोना महामारी पीडित सर्वपक्षिय पेशा व्यवसायी संघर्ष समितिको आह्वानमा मंगलबार बालुवाटार क्षेत्रमा धर्ना दिइएको हो।

व्यवसायीले राष्ट्र बैंक, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय लगायत निकायलाई समस्या समाधानका लागि पटक पटक आग्रह गर्दै आए पनि मतलब नगरेको कारण धर्ना दिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले बताए।

उनले भने,'ठूला उद्योगलाई मात्र राहत प्याकेज दिइएको छ। साना तथा मझौला उद्योगलाई सरकारले मतलबै गरेन। हामीले गत नोभेम्बरमै आन्दोलनमा आउने योजना बनाएका थियौं। तर राजनीतिक दल बीचकै मनमुटावले यो सम्भव थिएन। अब पर्यटन पीडित क्षेत्रसँग सम्बद्ध सबै व्यवसायी सडकमा आउने छौं।'



ट्रेन्डिङ पोस्ट

Ncell