PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २० जना घाइते



पहिलोपोस्ट

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २० जना घाइते

काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको छ।

आज दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थित लामसाँघु सडक खण्डमा दुर्घटना भएको हो।

'घाइते सबैलाई अस्पताल पुर्‍याइसकिएको छ। अहिलेसम्म कुनै मानवीय क्षति भएको देखिएको छैन, सामान्य चोटपटक लागेको छ,' सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने।

बसमा २० जना यात्रु सवार भएको देखिएको छ। ओरालो सडक भएको स्थानमा गाडी मध्य सडकमा नै पल्टिएको हो। दुर्घटना कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell