PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कोभिड - १९ को संक्रमणबाट थप एक जनाको मृत्यु, १७१ जना संक्रमित थपिए



पहिलोपोस्ट

कोभिड - १९ को संक्रमणबाट थप एक जनाको मृत्यु, १७१ जना संक्रमित थपिए

काठमाडौं : नेपालमा थप १७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा दुई लाख ७१ हजार २८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै हालसम्म दुई हजार ३० जनाको मृत्यु भइसकेको छ।

हाल नेपालमा दुई हजार चार सय जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २५९ जना संक्रमित संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell